×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार दोहोरो अंकले घट्यो सेयर बजार, नेप्से २४६१.८८ बिन्दुमा पुग्दा ४ अर्ब ७५ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मंगलबार दोहोरो अंकले घट्यो सेयर बजार, नेप्से २४६१.८८ बिन्दुमा पुग्दा ४ अर्ब ७५ करोडमाथिको कारोबार

Artha Sarokar

२५ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से घटेको छ । नेप्से परिसूचक आइतबारको तुलनामा २३.२२ अंकले घटेर २४६१.८८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१० कम्पनीको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ७५ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिखर इन्स्योरेन्सको भएको छ ।
यस कम्पनीको ६५ करोड ३५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: उपर तामाकोशी र अरुण भ्याली हाइड्रोपावरको भएको छ । आज ३ समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् भने सपोर्ट लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी