×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : बैतडीको ऐतिहासिक पञ्चदेवल जीर्ण अवस्थामा, पुख्यौली पेशामा रमाउँदै लमजुङका तुलाराम विक

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले बैतडीको दशरथचन्द नगरपालिका ४ देवल हाटस्थित सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको पञ्चदेवल संरक्षणको अभावमा जीर्ण बन्दै गएकोदेखि लमजुङ मस्र्याङ्दी गाउँपालिका–७ दोभानचौरका ५४ वर्षिय तुलाराम विकले पुख्यौली पेशा आफ्नै आरनमा औजारको काम गर्दै ।सम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
बैतडीको दशरथचन्द नगरपालिका ४ देवल हाटस्थित सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको पञ्चदेवल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । 
लमजुङ मस्र्याङ्दी गाउँपालिका–७ दोभानचौरका ५४ वर्षिय तुलाराम विकले पुख्यौली पेशा आफ्नै आरनमा औजारको काम गर्दै । विकले अन्नवालीमा अधिकांश औजारका काम गर्दै आएकाले सात जनाको परिवारको गुजारा चलानलाई मुश्किल पर्दै आएको छ । 
पोखरा महानगरपालिका–८ सिर्जना चोकमा निर्माणका क्रममा आकाशे पुल । पोखरामा  पहिलो पटक बन्न लागेको पुलको काम तिव्ररुपमा अगाडि बढेको छ ।
स्याली नदी नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण गर्न शुक्लाफाँटा नगरपालिका–३ का स्थानिय महिला श्रमदान गर्दै । जैविक तटबन्ध निर्माणको कार्य गरिन थालेपछि नदीले बर्षेनी गर्दै आएको जग्गा कटानको कार्य रोकिदै आएको छ ।
कृष्णपुर नगरपालिकाको नव दुर्गा सामुदायिक वनमा टहरा बनाइ बसेका व्यक्तिहरुलाई हटाइ टहरा जलाउँदै गरेका सामुदायिक वनका उपभोक्ता । अव्यवस्थित बसोवासी, सुकुम्बासीलगायतलाई भूमि सम्बन्धी समस्या समाधान आयोगले जग्गा धनी पूर्जा उपलब्ध गराउनका लागि लगत लिन थालेपछि सार्वजनिक जग्गा कब्जा गर्ने कार्य तिव्र रुपमा हुन थालेको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित पर्यटकीय गाउँ रामकोट । यस गाउँलाई गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँको रुपमा छनौट गरेको छ । 
दाङको शान्तिनगर गाउँपालिका वडा नं ५ मा पाक्दै गरेका गहुँ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं २ मा कालोपत्रे भएको सडक । तुलसीपुर विकास प्राधिकरणले सडक कालोपत्रे गरेको हो ।
मणिमुकुण्देश्वर गुरुकुल पाठशाला चापाकोट स्याङ्गजामा चलेको चौधौँ गरुड महापुराणमा सङ्कलित धान ।
पोखरा महानगरपालिका–६ क्याम्पिङ चोकस्थित फेवाताल छेउमा  सौन्दर्य थप्न राखिएको कलात्मक छाता । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: