×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्योदय लघुवित्त र सारथी नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

अर्थ सरोकार

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार

PRIME CA

सूर्योदय लघुवित्त र सारथी नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । सूर्योदय लघुवित्तले साधारणसभा र लाभांश वितरणको लागि चैत १९ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएकाले बुधबारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ शदमलव ३४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी चैत ३१ गते साधारण सभा बोलाएको छ । सभा सहयात्री पार्टी प्यालेस स्याङजामा गर्ने हुने कम्पनीले बताएको छ ।
यस्तै सुर्योदय सारथीले साधारणसभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि चैत १९ गतेदेखि वैशाख ३ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । सोही कारण बुधबारसम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन् । कम्पनीले गत आवको ८ दशमलव १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आगामी वैशाख ३ गते होटल अरनिको धुलिखेलमा सभा बोलाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: