×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्राफिक महाशाखाद्वारा उपत्यकामा ९५ जना स्वयमसेवक परिचालन (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ट्राफिक महाशाखाद्वारा उपत्यकामा ९५ जना स्वयमसेवक परिचालन (भिडियो रिपोर्ट)

१० चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउनको निम्ति महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयम्सेवक परिचालन गरेको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुरक्षित र व्यवस्थित गराउनको लागि पैदल यात्रीलाई ट्राफिक सचेतना दिने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वयम्सेवक परिचालन गरेको हो । महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना, ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना गरि ९५ जना बिद्यार्थीहरुलाई स्वयंमसेवक सम्बन्धी प्रशिक्षण दिइ सवारी तथा पैद्लयात्रीको चाप हुने विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा १० दिन सम्मका लागि सोमबारदेखि परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो । 
ट्राफिक स्वयंसेवकले सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदलयात्रुहरुलाई जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रबाह गर्ने प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । त्यसैगरी महाशाखाले सोमबार नै पछिल्लो दुई हप्ता चोरी भएका ३० वटा मोटरसाइकल बरामद गरी सवारी धनिलाई बुझाएको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्‍वर, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका बिभिन्न स्थानहरुबाट चोरी भएका मोटरसाइकलहरु बरामद भएको महाशाखाले बताएको छ । 
महाशाखाले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ समेत गरेको छ । महाशाखा प्रमुख भट्टराईले हराएका सवारी साधन खोजेर दिने काम ट्राफिक प्रहरीले निरन्तर गरिरहेको भएपनि हराउनै नदिन सवारी धनीले सचेतना अपनाउनुपर्ने बताउनुभयो । यस आर्थिक वर्षमा मात्रै हराएका ३३१ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४५ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरुमार्फत मुद्दा चलाएको महाशाखाले जनाएको छ । हेर्नुहोस् भिडियो : 

प्रतिक्रिया दिनुहोस्

सिफारिस: