×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्तको एकीकृत कारोबार चैत्र ३ गतेदेखि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्तको एकीकृत कारोबार चैत्र ३ गतेदेखि सुरु हुने भएको छ । नेप्सेमा सूचीकृत रहेको वोमी र सूचीकृत नरहेको ग्रामीण स्वयंसेवक लघुवित्तबीच गत भदौमा मर्जरमा जाने समझादरी भएको थियो । 
मर्जर सम्पन्न भएसँगै अब वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने भएको हो । यी दुवै कम्पनीको गत पौष २८ गते सम्पन्न साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि स्वीकृती प्रदान गरिसकेको छ । मर्जर सम्झौता भएसँगै वोमी लघुवित्तको नेप्सेमा सेयर कारोबार रोक्का छ । यसअघि वोमीले नागरिक लघुवित्तलाई गाभेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: