
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने जनाएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर सबैभन्दा बढी जोखिमा रहेको पनि जनाएको छ । यसअघि प्रवाभित क्षेत्रमा मन्त्रालयले १४ जिल्लालाई छुट्याएको थियो भने अब त्यो संख्या बढेर २२ पुगेको उल्लेख छ।
परिस्थिति झनै बिकराल हुँदै गएको उल्लेख गर्दै मन्त्रालयले सर्वसाधारणलाई जनस्वाथ्यका मापदण्डहरु पालन गर्न आग्रह गरेको छ । मास्क लगाउन, भौतिक दुरी कायम राख्न, साबुन पानीले हात धुन लगायतका विषयलाई अपीलमा प्राथमिकता दिइएको छ । यस्तै मन्त्रालयले देशभित्र या बाहिरको आवतजावत पनि नगर्न अपील गरेको छ। ‘कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक वाह्य पर्यटनका लागि कहीँ कतै जाने कामहरु पूर्ण रुफमा नगर्न नगराउन’ पनि अपीलमा भनिएको छ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्