
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से १५.८० अंकले बढेर २६४८.०० बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१४ कम्पनीको १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९१ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार एनसीसी बैंकको भएको छ । यस कम्पनीको ६२ करोड २७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: निफ्रा र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको भएको छ । आज २ समूह बाहेकका अन्य सबै समूह बढेका छन् ।
यस्तै आज सबैभन्दा धेरै बिशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन् भने हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । बिशाल बजारलगायतका ६ कम्पनीले ९ प्रतिशत बढीले कमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्