×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एटिएमको पिन १२३४ राख्नेहरु होसियार ! भेट्टाएको एटिएममार्फत ‘हिट एण्ड ट्रायल’ गरेर पैसा लुट्ने गिरोह सक्रिय !

  • अर्थ सरोकार सम्बाददाता
चितवन : भरतपुरको हाकिमचोकस्थित एनआईसी एशिया बैंकको एटिएम बुथमा अरुको कार्ड प्रयोग गरेर शंकाश्पद गतिविधि गर्ने दुई जनालाई प्रहरीले खोजी तिब्र पारेको छ । बाटोमा भेट्टाएको एटिएम प्रयोग गरेर उक्त बैंकको एटिएम मेशिनबाट पैसा निकाल्न खोज्ने २ जनालाई प्रहरीले खोजी सुरु गरेको हो ।
प्रहारीका अनुसार उनीहरुले बाटोमा भेटिएको पर्समा रहेको ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकको एटिएम एनआइसी एशिया बैंकको ए टि एम बुथमा लगेर प्रयोग गर्ने प्रयास गरेका थिए  । सीसीटिभी फुटेजमा उनले पैसा निकाल्न खोजेपनि ननिस्किएपछी उनीहरु भागेको देखिएको छ । ३ पटक हिट एण्ड ट्रायल गरी पीन कोड  हाल्दा पनि पिन नमिलेपछि उनीहरु त्यहाँबाट भागेको देखिएको छ ।
प्रहरीले उनीहरुलाई पक्राउ गरी बैंकिङ्ग कसुरमा कारबाही गर्ने तयारी गरेको छ । 
यस्ता गतिविधिहरु बढ्न थालेपछि सहज कोड  नराख्न विज्ञहरुले सम्बन्धित सबैलाई अनुरोध गरेका छन् । धेरैले एटिएम कार्डको पीन ११११ वा २२२२ वा १२३४४ वा यस्तै सजिलो कोड राख्ने गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: