
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले चैते दशैंका दिन मङ्गलबार बागलुङ कालिका मन्दिरमा लागेको भक्तजनको भीडदेखि भारतबाट नेपाल प्रवेश गर्ने यात्रुलाई मङ्गलबार वीरगञ्जको शङकराचार्यद्वार नजिकै स्वास्थ्य परीक्षण गराउँदै गरेको सशस्त्र प्रहरीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
भारतबाट नेपाल प्रवेश गर्ने यात्रुलाई मङ्गलबार वीरगञ्जको शङकराचार्यद्वार नजिकै स्वास्थ्य परीक्षण गर्दै सशस्त्र प्रहरी । उक्त नाका प्रयोग गरी नेपाल भित्रिएका यात्रुलाई एनटिजेन किटबाट परीक्षण गर्दा कोरोना भाइरसका ९ सङ्क्रमित फेला परेका छन् ।

चैते दशैंका दिन मङ्गलबार बागलुङ कालिका मन्दिरमा दर्शनका लागि भक्तजनको भीड ।

सुन्दरी डाँडाबाट देखिएको रमणीय बेगनास ताल र माझीकुना । पोखरा महानगरपालिका-३१ माझीकुना बेगनास तालको छेउमा रहेको यो बस्ती माछा पारखीहरुको लागि प्रख्यात मानिन्छ ।

रुखको झ्याउ केलाउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११, खार्मीका महिला । पाल्ते, घङ्गरु र असारेको रुखमा पाइने धुस्रे रङको झ्याउ कुखुराको मासुसँग पकाएर खाने गरिन्छ । यो झ्याउ पकाएर खाँदा मुटु रोग निको हुने जनविश्वास रहेको छ ।
पोखरा महानगरपालिका-२१, कृष्ति स्वास्थ्य केन्द्रमा प्रयोजनविहीन अवस्थामा रहेको एक्सरे मेसिन । स्वास्थ्य विमा बोर्डले चार वर्षअघि स्वास्थ्य केन्द्रलाई अनुदानमा उपलब्ध गराएको मेसिन दक्ष जनशक्तिको अभावका कारण सञ्चालनमा ल्याउन नसकेको हो ।
बुटवल उपमहानगरपालिका-१ स्थित जितगढी किल्लामा स्थापित कर्णेल उजिर सिंहको शालिकमा मङ्गलबार आयोजित माल्यार्पण कार्यक्रममा सहभागी अतिथि । जितगढी विजय उत्सवका अवसरमा कार्यक्रम गरिएको छ ।

म्याग्दीको बेनी नगरपालिका-४, बास्कुनाका किसानले खाद्य बालीको विकल्पमा बारीमा गरेको सुन्तला खेती ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्