×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘गुणस्तरीय काम गरे नगरेको सम्बन्धमा निर्माण व्यवसायी आफैले समिक्षा गर्नुपर्छ’ : मन्त्री नेम्वाङ (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गरे नगरेको सम्बन्धमा निर्माण व्यवसायी आफैले समिक्षा गर्नुपर्ने बताउनुभएको छ । आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औँ साधारण सभा समुदघाटन समारोहमा बोल्दै मन्त्री नेम्वाङले निर्माण व्यवसायीले आफ्नो दायित्व र कर्तव्यहरु निर्वाह गरे नगरेको सम्बन्धमा समिक्षा आवश्यक रहेको बताउनुभएको हो । गुणस्तरीय काम र काममा आउने गरेको समस्या समाधानमा व्यवसायीहरुले कत्तिको समन्वयात्मक ढंगले समाधान गर्ने परिपाटि रहेको छ त्यसको सम्बन्धमा व्यवसायीहरु आफैले आफैलाई प्रश्न गर्नुपर्ने उहाँको भनाई छ । 
उहाँले भन्नुभयो – ‘हामीले यति गर्दागर्दै पनि हाम्रो दायित्व कर्तव्यहरु कति निर्वाह गरेका छौँ ? चाहे त्यो कार्यान्वयन गर्ने कर्मचारीको क्षेत्रमा होस् । चाहे समयमै समन्वय कायम गरेर नीतिगत उचित व्यवस्थापन गरेर छिटो छरितो गर्ने अवस्था होस्, सहजीकरण गरेर सरल निर्माणलाई अगाडी बढाउने सन्दर्भमा होस् । चाहे त्यसका गुणस्तर र क्वालिटीका कुरा हुन । चाहे क्षमता अभिवृद्धिका कुरा हुन् । हामी कहाँ छौँ ? आफुले आफुलाई प्रश्न गर्न म अनुरोध गर्दछु साथीहरुलाई । हामी कत्तिको गुणस्तरयुक्त निर्माण काम गर्दैछौ ? हामीसँग आएको व्यवधानलाई कत्तिको समन्वयात्मक ढंगले समाधान गर्ने परिपाटीमा अगाडी बढ्दैछौँ ?’

मन्त्री नेम्वाङले संसद पुर्नस्थापना भएपनि राजनीतिक समस्या समाधान नभएको टिप्पणी समेत गर्नुभयो । राजनीति अस्थिर भएको भन्दै उहाँले अस्थिरताले समृद्धि र विकास निर्माणलाई अवरोध गर्ने र मुलुक पछाडी फर्किने उहाँले बताउनुभयो । सरकारले आस्थिरतालाई अन्त्य गरेर स्थिर संसद चाहेको तथा व्यवसायीको निर्माण क्षमता अभिवृद्धिलाई अगाडी बढाउने वातावरण चाहेको उहाँको भनाई छ । मन्त्री नेम्वाङले देशको समृद्धिका लागि सरकारले मात्रै भौतिक पुर्वाधार निर्माणको काम अघि बढाएर सम्भव नहुने भन्दै त्यसको कार्यान्वयनको निम्ति निर्माण व्यवसायीहरुको भुमिका महत्वपुर्ण हुनेभएकाले भुमिका खेल्न आग्रह पनि गर्नुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: