×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिन्ध्यबासिनी हाइड्रोपावरले आईपीओ ल्याउने ! प्रस्ताव पारित गर्न वैशाख ३१ गते साधारणसभा हुँदै

PRIME CA

बिन्ध्यबासिनी हाइड्रोपावरले आईपीओ ल्याउने ! प्रस्ताव पारित गर्न वैशाख ३१ गते साधारणसभा हुँदै

१० बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारणसभा वैशाख ३१ गते हुने भएको छ । सभा बिहान ११ बजे काठमाडौंको बानेश्वरस्थित कम्पनीको कार्यालयमा भर्च्युअल माध्यमबाट हुने भएको हो ।
सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने सम्बन्धी प्रस्तावमा आवश्यक निर्णय गर्नेछ । सो सम्बन्धी कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । जुन स्वीकृत हुने प्रकृयामा रहेको छ । कम्पनीले २५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नको लागि बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीको सभाले कम्पनीको नयाँ सञ्चालक समितिको गठन पनि गर्नेछ भने कम्पनीको नाममा भएका अन्य विभिन्न कम्पनीका सेयर बिक्री गर्न तथा खरीद सम्बन्धी निर्णय पनि सभाले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: