×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खुकुरी देखाएर दिनदहाडै ‘आइएमई’ लुटियो, लुटेको १ लाख बुबालाई पठाएर २५ हजारको शपिङ गरेको भेटियो !

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । खुकुरी देखाएर दिनदहाडै न्युरोडको ‘आइएमई’ लुटिएको छ । काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा रहेको हेम मल्ल र गोरख चन्दले संचालन गरेको आईएमई ‘आईएमई’ लुटिएको हो । लुटमा संलग्न ४ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको छ । मध्यान्ह साढे ३ बजे आईएमईमा छिरेर उनीहरुले लुटेका हुन् । तिलक राउत नेतृत्वको समूहले सो आईएमई लुटेका हुन् । लुटेको १ लाख रुपैयाँ तिलकले दाङ जाने बसमा उनले बुवालाई पठाएको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा दाङ घर भएका २१ वर्षीय तिलक राउत, १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोट घर भएका १८ बर्षिय उमेश छन् । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लुटेको पैसाले उनीहरुले २५ हजार बराबरको सपिङ गरेको पाइएको छ भने ७५ हजार लागुऔषध किन्न एउटी महिलालाई दिएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । यता आइएमइले भने ६ लाख लुटिएको दाबी गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: