×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूचना आदानप्रदान एवं पारस्परिक सहयोगका लागि धितोपत्र बोर्ड र आईक्यानबीच सम्झौता !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सूचना आदानप्रदान एवं पारस्परिक सहयोगका लागि धितोपत्र बोर्ड र आईक्यानबीच सम्झौता !

७ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । सूचना आदानप्रदान एवं पारस्परिक सहयोगका लागि नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्था (आईक्यान) बीच सम्झौता भएको छ । सम्झौतापत्रमा धितोपत्र बोर्डका तर्फबाट बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र आईक्यानका तर्फबाट आइक्यानका अध्यक्ष सिए मदनकृष्ण शर्माले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा अध्यक्ष ढुंगानाले धितोपत्र बजार, धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्थाको वित्तीय विवरणको ढाँचा तयार गर्दै एनएफआरएस कार्यान्वयनमा सहजीकरण गर्न, सूचीकृत कम्पनीहरूको सूचना तथा विवरण प्रवाहमा पूर्णता तथा विश्वसनियता अभिवृद्धि गर्दै लगानीकर्तालाई पूर्ण सूचना प्रवाह गर्न सहयोग पुर्याउने लगायतका विषयहरूमा आवश्यक प्राविधिक सहयोग तथा परामर्श आदानप्रदान गर्न यो सम्झौता महत्वपूर्ण भएको बताएका छन् ।
कार्यक्रममा आईक्यानका अध्यक्ष शर्माले पछिल्लो समय धितोपत्र बोर्डले आफ्नो क्षमता अभिवृद्धि गर्दै नियामकीय दायित्व निर्वाह गर्ने क्रममा सक्रिय रहन थालेकोमा खुसी व्यक्त गरे। उनले आगामी दिनमा बोर्डसँग आवश्यकताअनुसार सूचना तथा जानकारी आदानप्रदान गर्न तथा प्राविधिक सहयोगका लागि आईक्यान प्रतिबद्ध रहेको बताएका छन्।
यो सम्झौताले आगामी दिनमा सूचीकृत संगठित संस्था, धितोपत्र व्यवसायी तथा धितोपत्र बजारका वित्तीय विवरण, सूचना तथा गतिविधिहरू थप पारदर्शी भई समग्रमा पुँजी बजार स्वच्छ, निष्पक्ष एवं पारदर्शी हुने विश्वास धितोपत्र बोर्डले लिएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: