×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजेटको आकार बढ्दैमा विकास संम्भव छैन’ : अध्यक्ष गोल्छा (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ चैत्र २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

‘बजेटको आकार बढ्दैमा विकास संम्भव छैन’ : अध्यक्ष गोल्छा (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार र नीजि क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिनका लागि ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ को मार्गचित्र तयार पारिएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५५औ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा सनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै उहाँले मुलुकको समृद्धिमा अहिले भन्दा अझै बढी, व्यवस्थित र प्रभावकारी योगदान दिनका लागि ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हुँदै गएमा मात्र सम्मुन्नति पनि संगसंगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो ।
उहाँले भिजन पेपर इमान्दारीपुर्वक कार्यान्वयन हुँदा आगामी दशकमा एक सय ५० अर्ब डलर भन्दा बढी लगानी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजेटको आकार बढाएर मात्रै विकास संम्भव नभएको भन्दै अनुत्पादक क्षेत्रको खर्चम बजेट कम गर्न सुझाव दिनुभयो । उहाँले अव्यवहारिक अनुगमनले व्यवसायीलाई समस्यामा परोको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो ‘म आज प्रधानमन्त्री ज्यूलाई पनि आग्रह गर्न चाहन्छु , व्यवसायीप्रति पहिले नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदा हुदैन । यसमा सुधार आवश्यक छ । पहिले त यसको नियमावली नै बन्नुपर्छ ।’ कार्यक्रममा हरेक प्रदेशबाट क, ख र ग वर्गका उद्योग वाणिज्य संघहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: