×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताहरुलाई ठुलो झड्का, नाफामा भीषण पहिरो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणले लगानीकर्तालाई ठूलो झड्का दिएको छ । कम्पनीले १८ करोड ११ लाख २० हजार रुपैयाँ घाटामा गएको विवरण सार्वजनिक गरेपछि लगानीकर्तालाई ठूलो झड्का दिएको हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी २ करोड १८ लाख ८ हजार रुपैयाँ नोक्सानमा थियो । 
यस्तै कम्पनीको २ करोड ८१ लाख ५५ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ भने अन्य स्रोतबाट हुने आम्दानी पनि घटेर २१ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ । जगेडा कोष पनि ३२ करोड ८ लाख ३८ हजार रुपैयाँ ऋणात्मक छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७९ पैसा ०९ रुपैयाँ छ । यता कम्पनीको सेयर मुल्यमा ठूला लगानीकर्ताले कर्नरिङ्ग गरी भाउ प्रतिकित्ता झन्डै ३ हजारसम्म पुर्याएका थिए । तर वित्तीय विवरण सार्वजनिक भएपछि सेयर मूल्यमा गिरावट आइरहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: