×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुखुराको मासुको मूल्य इतिहासकै उच्च ! किलो कै ४३० पुग्यो

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कुखुराको मासुको मूल्य हालसम्मकै उच्च भएको छ । मासुको उत्पादनमा कमी आएपछि बोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो ४ सय ३० रुपैयाँ पुगेको हो । जुन हालसम्मकै सबैभन्दा धेरै हो । यसअघि कुखुराको मासुको मूल्य ४०० रुपैयाँ तोकेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले बिहीबार मासुको खुद्रा बिक्री मूल्य ४१० तोकेको थियो । 
तर बजारमा भने ४ सय ३० रुपैयाँ बिक्रीवितरण भइरहेको छ । यता मासुको मात्र नभई जिउँदो कुखुराकोसमेत मूल्य हालसम्मकै उच्च भएको छ । जिउँदो कुखुराको भाउ अहिले झन्डै ३ सय रुपैयाँ पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक साढे तीन लाख किलो ब्रोइलरको मासु खपत भइरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: