×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार

PRIME CA

कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार

अर्थ सरोकार

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र करिब डेढ खर्ब बढीको कारोबार भएको छ । माघमा मात्र एक खर्ब ७२ अर्ब चार करोड ६० लाख बढीको कारोबार भएको छ । 
यस्तै गत माघमा एक खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोबार भएको थियो । गत माघको तुलनामा फागुनमा मात्र आठ अर्ब १७ करोड ६० लाख बढीको कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार माघमा मोबाइल बैकिङमार्फत  ४० अर्ब ३५ करोड ९० लाख बढीको कारोबार भएको छ । गत माघमा ३८ अर्ब ५९ करोड बढीको कारोबार भएको थियो । फागुनमा मोबाइल बैंकिङमार्फत एक करोड ८२ हजार पटक कारोबार भएको छ । इन्टरनेट बैंकिङमार्फत रु आठ अर्ब ८८ करोड बढीको कारोबार भएको छ । वालेटमार्फत रु १० अर्ब १८ करोड बढीको कारोबार भएको छ । गत माघमा वालेटमार्फत रु नौ अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको थियो । एक महिनामा एक करोड ६१ लाख ४ हजार पटक कारोबार भएको छ ।
यस्तै गत माघमा अनलाइन (इ–कमर्श) बाट ९३ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा उक्त रकममा कमी आएको छ । गत माघको तुलनामा इ–कमर्शको कारोबारमा रु दुई करोड ८० लाखले कमी आएको हो । इ–कमर्शबाट फागुनमा रु ९० करोड ४० लाख बराबरको कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: