×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वाणिज्य बैंकहरुद्वारा चैत महिनामा मात्रै १ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन, कर्जा लगानी कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंकिङ क्षेत्रमा निक्षेप संकलन बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले चैत महिनामा वाणिज्य बैंकहरुले मात्रै १ महिनामा १ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले चैत महिनामा उक्त निक्षेप संकलन गरेका हुन् । 
संघका अनुसार चैत मसान्तसम्ममा वाणिज्य बैंकले कुल ३९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । राजस्व बुझाउनुपर्ने भएकाले पनि बैंक तथा वित्तीय संस्थामा चैत्रमा निक्षेप बढेको हो ।
यता संघका अनुसार निक्षेप संकल भन्दा कर्जा लगानी अझै बढेको छ । वाणिज्य बैंकहरुले चैत महिनामा मात्रै १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले ३५ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने फागुन मसान्तसम्ममा बैंकहरुले ३४ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: