×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमको नयाँ “खुशीको उडान” योजनामा बैंकक जाने मौका जित्नुहोस्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डिशहोमको नयाँ “खुशीको उडान” योजनामा बैंकक जाने मौका जित्नुहोस्

Artha Sarokar

१९ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै “खुशीको उडान” योजना सुरु गरेको छ । आफ्ना सक्रिय ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारिएको हो । यस योजनाले हरेक सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नेछ ।
यस योजना अन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्र बाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागीता जनाउनलाई ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नु पर्नेछ । साथै इ–वालेट एपस् र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् । लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ ।
लक्की ड्रको विजेताहरुको घोषणा ग्राहकहरुको सेटअप बक्समा भएको ऋब्क् क्ष्म् को आधारमा गरिनेछ । लक्की ड्रको सुरुवात चैत २६, २०७७ देखि हुनेछ भने डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमा हरेक बिहीबार पाँच बजे प्रत्यक्ष प्रसारण पनि गरिनेछ । सक्रिय ग्राहकहरुले आफ्नो नजिकैको डिशहोम डिलर वा डिशहोम ग्राहक सेवा केन्द«मा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी