×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘दुरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरुको अन्त्य गरिन्छ’ : सञ्चारमन्त्री गुरुङ (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘दुरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरुको अन्त्य गरिन्छ’ : सञ्चारमन्त्री गुरुङ (भिडियो रिपोर्ट)

१९ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दुरसञ्चार सेवा सम्बन्धमा परेका गुनासाहरुको अन्त्य गरिने बताउनुभएको छ । बिहीबार मन्त्रालयले आयोजना गरेको दुरसञ्चार सेवाको पहँुच, प्रवाह तथा गुणस्तर सम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री गुरुङले दुरसञ्चार सेवा सम्बन्धी समस्याहरुको समाधान गर्दै गुनासाहरुको अन्त्य गरिने बताउनुभएको हो । आफ्नो क्षेत्रमा टावर नपुगेको, इन्टरनेट सेवा नपुगेको लगायतका समस्याहरु बोकेर सांसदहरु नै मन्त्रालय धाइरहनुपर्ने अवस्था रहेको भन्दै मन्त्री गुरुङले त्यस्ता समस्याहरु सँधैका लागि अन्त्य गरिने बताउनुभयो ।गुनासो समाधानका लागि दुरसञ्चार सम्बन्धी सबै सरोकारवाला एकैठाउँमा बसेर समिक्षा गर्नुपर्ने पनि मन्त्री गुरुङले बताउनुभयो । 
उहाँले भन्नुभयो ‘जनताबाट प्रत्यक्ष निर्वाचित माननियज्यूहरुको नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, सञ्चार मन्त्रालय, सेवा प्रदायकहरु र प्राविधिकहरु सबैले संयुक्त बसेर समिक्षा गरौँ । सेवा त पुगेको छ । हामीले काम त गरेका छौँ । हाम्रा बजेटहरु पनि कार्यान्वयन भएको छ । तर त्यो कामले जनताकोबीचमा, प्रत्यक्ष सेवा प्रदायककाबीचमा त्यो सेवा पुगेको हो कि होइन, सेवा गुणस्तर छ कि छैन यसको प्रत्यक्ष सार्वजनिक रुपमा समिक्षा गरेर सार्वजनिक सुनुवाई पनि गरौँ । माननियज्यूहरुले बेला बेलामा यो गाउँमा टावर पुगेन, यहाँ हाम्रो इन्टरनेट सेवा पुगेन र हामीलाई दुरसञ्चार सेवाको गुणस्तर भएन भन्ने माननियज्यूहरुको गुनासो पनि रहिरहने । यो गुनासो निरन्तर भइराख्ने, माननियज्यूहरु जहिलेपनि गुनासो बोकेर मन्त्रालयमा धाइरहनुपर्ने यस्तो परिस्थितिको अन्त्य पनि गरौँ ।’

मन्त्री गुरुङले टावर निर्माणको लागि ठेक्का भएर पनि काम हुन नसकेको ठाउँको समिक्षा गर्ने बताउनुभयो । टावर बनाउनुपर्ने आवश्यकता रहेको ठाउँमा टावर स्थापनाको लागि योजना बनाउने पनि बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: