Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट बैंकको नाफा घट्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकको  खुद नाफा ३५.९२% ले घटेर १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले २ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको थियो । 
सार्वजनिक वित्तीय विवरण अनुसार चैत मसान्त बैंकको वितरणयोग्य नाफा १२.८९% ले बढेर १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । यस्तै खुद ब्याज आम्दानी ३५.२४% र सञ्चालन नाफा ३५.९३% ले घटेको छ । यता बैंकले निक्षेप संकलन ११.१३% र कर्जा लगानी ५.०४% ले बढाउन सफल भएको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ७२ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK