×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वैशाख १३ गतेदेखि एनआईबिएल समृद्धि फण्ड–२ को इकाई बिक्रीमा आउने, कति कित्तासम्म पाइन्छ भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वैशाख १३ गतेदेखि एनआईबिएल एस क्यापिटल लिमिटेडको एनआईबिएल समृद्धि फण्ड–२ को १२ करोड इकाई बिक्री खुला हुने भएको छ । क्यापिटलकै व्यवस्थापनमा एनआईबिएल म्यचुअल फण्ड अन्तर्गत सञ्चालन यो योजना सञ्चालन हुन लागेको हो । 
यस योजनाको कुल इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याईएको छ भने  बाँकी ९ करोड ६० लाख इकाई सर्वसाधारणका लागि जारी गर्न लागिएको हो ।
प्रतिइकाई रु १० अंकित मूल्यको यो इकाई खरिदका लागि न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो इकाई छिटोमा बैशाख १६ गते र ढिलोमा वैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ । एनआईबिएल समृद्धि फण्ड–२ बन्दमुखी योजना हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षमा यो योजना परिपक्क हुनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: