×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको ८.५ प्रतिशत ब्याजदरको ३० लाख कित्ता ऋणपत्र बाँडफाँड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्लोबल आइएमई बैंकको ८.५ प्रतिशत ब्याजदरको ३० लाख कित्ता ऋणपत्र बाँडफाँड

Artha Sarokar

२४ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ग्लोबल आइएमई बैंकको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र सोमबार बाँडफाँड भएको छ । बैंकको १० वर्षे अवधिको ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६/८७ नामको ३० लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको हो ।
कुल कित्तामध्य बैंकले १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरी विभिन्न संघसंस्थाहरुलाई र १२ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गरी आम सर्वसाधारणमा बाँडफाँड गरेको हो । बैंकले चैत १ गतेदेखि १६ गतेसम्म सर्वसाधारण मध्यकोबाट पनि ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत बिक्री गरेको थियो ।
यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । यस ऋणपत्रलाई इक्रा नेपालले न्युन कर्जा जोखिमको संकेत गर्ने इक्रा इस्युअर ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यो ऋणपत्र बिक्री प्रबन्धकको जिम्मेवारी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले पुरा गरेको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी