×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकद्वारा फर्स्ट माइक्रोफाइनान्सको ८१ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला, कति छ भाउ ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर आज सोमबारदेखि बिक्री खुला गरेको छ । बैंकले फर्स्ट माइक्रोफाइनान्सको ८१ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।  सो सेयरको भाउ न्यूनतम ३०० रुपैयाँ रहेको छ । लगानीकर्ताले सोहि मूल्यलाई आधार मानेर आवेदन दिनुपर्नेछ । 
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् भने वैशाख २६ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: