- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार पनि सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ८७ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज पनि ५ सय रुपैयाँले बढेर प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७५ हजार ४४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।