- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सोमबार गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा उच्च वृद्धि भएको छ । कारोबार खुलेको एक घन्टामै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीको सेयर मूल्य १ सय ६९ रुपैयाँले बढेर १८ सय ५९ रुपैयाँ पुगेको छ । नेप्से परिसूचक भने १६ अंकले बढेर २६९०.३७ बिन्दुमा पुगेको छ ।