×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगटी हाइड्रोको २९ लाख कित्ता आइपीओ २ लाख ६९ हजारले १० कित्ताका दरले पाए, यी स्थानबाट सजिलै नजिता हेर्न सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सिंगटी हाइड्रोको २९ लाख कित्ता आइपीओ २ लाख ६९ हजारले १० कित्ताका दरले पाए, यी स्थानबाट सजिलै नजिता हेर्न सकिने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ बजे बाँडफाँड भएको हो । आईपीओ २ लाख ६९ हजार ७ जनाले १० कित्ता पाएका छन् भने १२ लाख ९० हजार १०२ जना आवेदकको भने हात खाली भएको छ ।
कम्पनीको आईपीओमा कुल १५ लाख ६५ हजार ५३० जनाको आवेदन परेकोमा १५ लाख ५९ हजार ८०२ वटा मात्रै रितपूर्वक आवेदन परेको थियो । आईपिओमा कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन परेको थियो ।
सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरमा कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको थियो । सिंगटी हाइड्रो इनर्जीको २९ लाख कित्ता आइपीओ २ लाख ६९ हजारले १० कित्ताका दरले पाए, यी स्थानबाट सजिलै नजिता हेर्न सकिने
यी स्थानबाट हेर्नुहोस् रिजल्ट :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: