×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीइडीबी हाइड्रोपावरले शुक्रबारदेखि २५ लाख १८ हजार कित्ता आईपीओ निष्कासन गर्ने, कहिलेसम्म भर्न पाईन्छ आवेदन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

सीइडीबी हाइड्रोपावरले शुक्रबारदेखि २५ लाख १८ हजार कित्ता आईपीओ निष्कासन गर्ने, कहिलेसम्म भर्न पाईन्छ आवेदन ?

  • अर्थ सरोकार सम्बाददाता
लमजुङ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शुक्रबार (भोलि) वैशाख १७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । सो मध्ये कम्पनीले २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने भएको छ ।
यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रकशन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निमार्ण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका-०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।
कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आर्थिक वर्षमा प्रति सेयर आम्दानी १३.०५ र प्रति सेयर खुद सम्पत्ति १३८.७९ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा १०.५४ प्रतिशत र २०७६/०७७ मा ७.३७ प्रतिशत नगद लाभाँश वितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आर्थिक वर्ष मा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ । साधारण शेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण शेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्रीको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २५,१८,२३० कित्ता आईपीओ मिति २०७८ वैशाख १७ गतेदेखि निष्कासन हुने हुँदा इच्छुक लगानीकर्ताले मिति २०७८ वैशाख १७ गतेदेखि सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत अनलाइनबाट साधारण शेयरमा लगानीका लागि आवेदन दिन सक्नेछन् । उक्त सीइडीबीको आईपीओ निष्काुसन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: