×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथाः पर्वतको बगरमा स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थको उत्खनन, हार्डवयर पसलमा लागेको आगो निभाउँदै सुरक्षाकर्मी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

देश बोल्ने फोटो कथाः पर्वतको बगरमा स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थको उत्खनन, हार्डवयर पसलमा लागेको आगो निभाउँदै सुरक्षाकर्मी

३ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कालीगण्डकी नदीको पूर्वी किनारा पर्वतको कुश्मा नगरपालिका-१ पाङको बगरमा स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गरिएकोदेखि झापाको कमल गाउँपालिका-७ स्थित मेमेङ टोलका किसानले लगाएको हरियाली चैते धानसम्मका दृश्यलाई फोटोमा समेटेका छौं।
हेरौं फोटो समाचारः
कालीगण्डकी नदीको पूर्वी किनारा पर्वतको कुश्मा नगरपालिका-१ पाङको बगरमा स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गरिँदै । कानुनी रुपमा नदीजन्य पदार्थको उत्खनन्मा स्काभेटरको प्रयोग गर्न पाइँदैन ।
बागलुङ बजारको मुख्यचोकमा रहेको श्रेष्ठ हार्डवयर पसलमा शुक्रबार विद्युत सर्ट भएर लागेको आगोलाई निभाउँदै सुरक्षाकर्मी ।
झापाको कमल गाउँपालिका– ७ स्थित मेमेङ टोलका एक किसानले लगाएको हरियाली चैते धान ।
बेनी-दरवाङ सडक कालोपत्रे योजनामा ढिलाई भएपछि शुक्रबार यातायात आवगमन अवरोधका लागि उत्रिएका म्याग्दीको बेनी नगरपालिका-७ मङ्गलाघाटका स्थानीय । सडक कालोपत्रे छिटो गर्न मङ्गलाघाटका बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा धर्नासमेत दिएका थिए ।
ताप्लेजुङको फुङलिङ नगरपालिकाले ७५ प्रतिशत अनुदानमा दिएको भेंडाका पाठापाठीका साथमा किसान । नगरपालिकाले अनुदानमा किसानलाई ५८ वटा भेंडाको पाठापाठी दिएको हो ।
तनहुँको देवघाट गाउँपालिका–३, ल्हुङग्रिङमा निर्माण गरिएको चण्डीश्वरी आमा समूह र शान्ति सामुदायिक युवा क्लबको संयुक्त भवन । भवन नहुँदा क्लब र आमा समूहको बैठक बस्न कठिनाई भएपछि गाउँपालिकाको सहयोगमा भवन निर्माण गरिएको हो ।
व्यास नगरपालिका-१० मा निर्माण गरिएको दरै समुदायको घुमाउने घर । आधुनिकतासँगै मौलिक सम्पदाको लोप हुँदै जान थालेपछि वडाको सक्रियतामा घुमाउने घर निर्माण गरिएको हो ।
सिमरास्थित इलाका प्रहरी कार्यालयको शुक्रबार नवर्निमित भवनको रिबन काटेर उद्घाटन गर्ने क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही ।
धनगढीको नैनादेवी मन्दिर नजिकै एक स्थानीयवासीले व्यावसायिक रुपमा पालेका हाँस । पछिल्लो समय धनगढी आसपासका क्षेत्रमा स्थानीयवासीले कुखुरा, हाँस, टर्की, बट्टाईलगायत पक्षी पाल्न शुरु गरेका छन् ।
धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार कटान गाउँमा शुक्रबार सडक निर्माण गरिँदै । पुरानो भन्सार गाउँमा सडक बिग्रिएका कारण स्थानीयवासीले लामो समयदेखि आवतजावतमा समस्या झेल्दै आएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: