×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीबाटै सुरु भयो स्वास्थ्य मापदण्ड उल्लङ्घन, केपी ओलीलाई चाहीँ कानुन नलाग्ने हो ?

PRIME CA

प्रधानमन्त्रीबाटै सुरु भयो स्वास्थ्य मापदण्ड उल्लङ्घन, केपी ओलीलाई चाहीँ कानुन नलाग्ने हो ?

७ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी मानिसको जमघट हुन रोक लगायो । बालुवाटारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले त्यति मात्रै गरेन सो नियम नमान्नेलाई कडा कारवाही गर्ने पनि निर्णय गरेको थियो ।  
सोमबार साँझ सरकारका प्रवक्ता एवं संचारमन्त्री पार्वत गुरुङले सो मापदण्डलाइ उल्लङ्घन गर्नेहरुलाई सङ्क्रामक रोग ऐनअनुसार कानुनी कारबाही गरिने पनि चेतावनी दिएका थिए । तर आज मंगलबार बालुवाटारमै सो मापदण्डको ब्यापक उल्लङ्घन गरिएको पाइएको छ । ​प्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्यकै उपस्थितिमा मङ्गलबार बिहानै बालुवाटारमा धुमधामका सन्ता २५ भन्दा बढी मानिसको उपस्थितिमा ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’ को आयोजना गरियो ।
यस्तै प्रधानमन्त्रीले उद्घाटन गरेको यो रथ यात्राका लागि बुधबार चितवनको देवघाटमा ८ सय र माडीमा १५ सय मानिसलाई भोज खुवाईदैँछ । जुन सरकारकै नियम विपरित हो ।  आजको कार्यक्रममा प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्य, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र पर्यटनमन्त्री भानुभक्त ढकाललगायत २५ जना भद्ना बढीको उपस्थिति थियो । ‘मठ मन्दिर मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी वैशाख मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने/गराउने ।’ मन्त्रिपरिषद् बैठकले जारी गरेको आदेशको चौथो नम्बर बुँदामा उल्लेख छ ।
यस्तै ६ नम्बर बुँदामा भनिएको छ ‘मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने ।’ प्रधानमन्त्री आफैले स्वास्थ्य मापदण्ड उल्लङ्घन गरेपछि अहिले विभिन्न खालका प्रश्न उठिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: