×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सावधानी नअपनाए फेरि लकडाउन हुनसक्छ’ : प्रधानमन्त्री ओली (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : २९ चैत्र २०७७, आईतवार

PRIME CA

‘सावधानी नअपनाए फेरि लकडाउन हुनसक्छ’ : प्रधानमन्त्री ओली (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको बताउनुभएको छ । शनिबार काठमाडौं आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५औ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गर्नुभएको हो । भुकम्पले ध्वस्त बनाएका संरचनाहरुको पुर्ननिर्माण, अस्पताल र बाटाहरु निर्माणका लागि सरकारले उल्लेखनिय काम गरेको दाबी गर्नुभयो । विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरुले सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको भन्दै उहाँले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई ‘सकुनी’को संज्ञा दिनुभयो । उहाँले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’ नै आफुले फ्याकिदिने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो ‘सरकार परिर्वतनका प्रयासहरु भईरहेका छन् । सरकार परिर्वतन गर्न खोज्नेहरुलाई मैले सोध्ने गरेको छु । सरकार किन परिर्वतन गर्नुपर्योे ? पुर्ननिर्माणका काम अघि बढीरहेकाले हो ? कि अरु केही कारण छन् । हामीले ३ सय ९ वटा अस्पतालको एकैचोटी सिलन्यास गर्यौ, धमाधम बन्दैछन् । त्यसकारणले हो ? १ सय ६५ वटा बाटाहरु एकैपटक सिलन्यास गर्यो र बन्दैछन् । त्यसकारणले हो ? एकहप्ता भित्र देश भित्र नयाँ ८ वटा औद्योगिक क्षेत्रहरु स्थापना गर्यौ । त्यसकारणले हो ? केही पनि भएन भन्नुहुन्छ उहाँहरु । यो त लखनौको एक्काको घोडाले पनि देख्छ यो भन्दा बढी त । त्यसले बाटो त देख्छ । यी त बाटो पनि देख्दैनन् । मलाई अचम्म लाग्छ ।’ मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरुले संसदीय अंकगणितलाई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्ने प्रयास गरिरहेको उल्लेख गर्दे उहाँले आफुले त्यस्तो हुन नदिने दाबी गर्नुभयो ।
उहाँले राजनीतिमा देखिएका सकुनीहरुले संसदको अंकगणितलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजेको उल्लेख गर्दे सकुनीका गोटी नै फ्याँक्न आफु एक्कै पर्याप्त भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘अस्थिरता ल्याउन खोज्ने तत्वहरु, संसदीय अंकगणितलाई गलत प्रयोजनका लागि पुर्याउने प्रयासहरु, अस्थिरताका लागि अंकगणितको दुरुपयोग गर्न खोज्ने प्रयासहरु विल्कुलै सकारात्मक होईनन् । देश हितमा छैनन् । विकासको पक्षमा छैनन् । शान्तिको पक्षमा छैनन् । के भएको थियो ? केही भएको थियो र ? सरकार विकासका काममा लागिरहेको थियो । लागिरहेको छ । कहिले तमासा गरेका छन् । तपाईहरु आफ्ना उद्योगमा लाग्नुहोस् । यी कुराहरुलाई त मै ठेगान लगाईहाल्छु । तपाईहरु आफ्नो काममा लाग्नुहोस् । मलाई सरकार जान्छ कि भन्ने कुनै पिर पनि छैन । पहिले पनि म सरकारबाट हटाईएको हुँ । फेरि जनताले ल्याए । केही छैन १८/२० महिना होला । त्यसपछि फेरी यस्तो अंकगणितलाई वरपर पार्न खोज्ने खालका सकुनीका गोटी पनि फ्याकिने छन् । गोटी नै फ्याक्दिएपछि सकुनीले के लडाउँछ ?’ पाण्डव र रामको दृष्टान्त दिदै उहाँले केही महिनालाई तलमाथि परिहाल्यो भने पनि आफु फेरि पनि सत्ताको नेतृत्वमा आईपुग्ने दाबी गर्नुभयो ।
सम्मृद्ध नेपाल निर्माणको उद्देश्यसाथ अघि बढेका र सिसिमा औषधी बेच्नेबीचको भेद खुट्याउनुपर्ने भन्दै उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो ‘जबसम्म राजनीति परिपक्क हुदैन तबसम्म, जबसम्म मान्छेले सही र गलत छुट्याउदैन तबसम्म, जबसम्म देश र व्यक्तिगत स्वार्थका बीचको अन्तर छुट्याउन सक्त्तैन आम जनताले तबसम्म यस्ता समस्याहरु देखा पर्छन् । देश बनाउने संकल्प र अठोट र एउटा सिसिमा औषधी बेच्नेका बीचको भेद, एउटा अर्थपुर्ण कुरा र विज्ञापनलाई एट्रक्याटिभ बनाउनका लागि गरिएको प्रचारका बीचमा भेद पाउँदैनौ भने अनि देश अलमलमा पर्छ । बेच्नुपर्ने हुन्छ एउटा गोगो सावन । विज्ञापनमा के आउँछ ? गाईले पनि तैलाई लखेट्छ । कुखुराले पनि तैलाई लखेट्छ् भनेर आउँछ । गोगो सावन र गाई र कुखुराले लखेट्ने कुराको भेट कहाँ हुन्छ ? तालमेल नभएका कुराको विज्ञापन र देश विकास गर्ने अठोट संकल्प, दृष्टिकोणका बीच भिन्नता छुट्याउनुपर्यो । अलि अलि समस्या त हुन्छन् ।’
सम्मृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि उद्योग व्यवसायलाई सबै ढंगले सुदृढ बनाउनुपर्ने भन्दै उहाँले सम्मानित उद्योग व्यवसाय, सम्मुन्नत नेपालको मर्म अनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । देशले पनि उद्योग व्यवसायीबाट सम्मानयोग्य व्यवहारको अपेक्षा गर्ने भन्दै उहाँले त्यसतर्फ पनि सबैलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो ‘सम्मानयोग्य व्यवहार तपाईहरुबाट देशले अपेक्षा गर्छ ।’ उहाँले उद्योग व्यवसाय विस्तार र विकासमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै सरकारलाई बुँदागत रुपमा सुझाव दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘कुनै कानुन, नियम, निर्देशिका र व्यवहारमा परिवर्तन आवश्यक छ । हामीले त्यो पुरा गर्दे आएका छौं । बाँकी जे आवश्यकता छ त्यो पुरा गर्न लेखेर दिनोस् भनेको छु मैले । सरकारले गर्नुपर्ने चाहीँ के हो भनेको पिन प्वाईन्ट चाहिन्छ । कुन ठाउँमा ? कुन विन्दुमा ? के का लागि ? उद्योग स्थापना, सञ्जालन, उत्पाद, कच्चा पदार्थ आयात, उत्पादन वृद्धि, निर्यात वा बिलम्ब भएको छ अथवा व्युरोक्र्याटिक हडल्सहरु छन् भने त्यसका लागि, हामी सुझावहरु स्वागत गर्छौ ।’
सावधानी नअपनाए फेरि लकडाउन हुनसक्छ
कोभिड १९ को सावधानीपुर्वक सामना गर्नुको विकल्प नभएको भन्दै उहाँले सामाजिक जीवनलाई खलबलिन नदिनेगरी अनुशासित ढंगले आफ्ना क्रियाकलापलाई निरन्तरता दिनुपर्ने तर्फ सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो । सचेतता अपनाईएन भने फेरि पनि लकडानमा जानुपर्ने हुनसक्ने भन्दै उहाँले पर्याप्त सावधान रहेर अनुशासित बन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘लकडाउन गर्नै हुदैन भन्ने देशहरु दोहोर्याएर तेहर्याएर लकडाउनमा जादैछन् । हामीले पनि समयमै सचेतनता अपनाएनौं भने, सावधानी अपनाएनौं भने फेरि हामी लकडाउनमा पुग्दैनौ भन्ने कुनै ग्यारेण्टी हुँदैन । हामी आफै घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा हुन्छौ किनभने ज्यान खतरामा हुन्छ । सेकेण्ड वेभ, थर्ड वेभ आईरेको भन्छौ नि । त्यो वेभ कसरी आउँछ ? त्यसले केही पनि बुझ्दैन । त्यो त यति सानो छ कि । त्यसको बुझ्ने खालको गिदि हुँदैन । केही पनि बुझ्दैन त्यसले । सेकेण्ड वेभ पनि बुझ्दैन । थर्ड वेभ पनि बुझ्दैन । हामी जति छाडा हुन्छौ त्यत्ति चम्किन्छ । जति नियन्त्रित हुन्छौ त्यसले खुम्चिन बाध्य हुन्छ । त्यो सिद्धिन बाध्य हुन्छ । हाम्रो व्यवहारमा त्यो निर्भर हुन्छ । .हामीले मास्क लगाउन छोडिदियौ फेरी सर्न सुरु भयो । हामीले अनुशासित पन आउन समय लाग्यो भने बढ्दै जान्छ । जब अनुशासित हुन्छौ तब घट्दै जान्छ ।’
उद्योग वाणिज्य महासंघले ल्याएको आर्थिक रुपान्तरण सम्बन्धी प्रतिवद्धता सकारात्मक कदम भएको भन्दै उहाँले त्यसलाई सफल पार्न सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सन् २०३० सम्म दिगो विकासका सबै लक्ष्य हासिल गरि विकसित मुलुकको रुपमा उभ्याउने राष्ट्रिय आकांक्षा पुरा गर्ने उद्देश्य साथ सरकार अघि बढीरहेको भन्दै उहँले त्यसमा बिलम्ब हुने गरि कसैले काम गर्न नहुने तर्फ सचेत गराउनुभयो । दिगो विकासका लक्ष्य सन् २०३० सम्म पुरा गर्नुपर्ने भएकाले तिब्र विकासमा जानै पर्ने बाध्यता सरकारलाई रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘सन् २०३०, संयुक्त राष्ट्रसंघले तोकेको दीगो विकास लक्ष्य पुरा गर्ने अन्तिम बर्ष पनि हो । हामीले सन् २०३० अगाडि नै दिगो विकासको लक्ष्य पुरा गर्नुपर्छ । सरकार भिजनहिन ढंगले अघि बढीरहेको छैन । ढुगा फ्याँकिदियो अनि जहाँ ढुंगा खस्छ, त्यही मैले ताकेको ठाउँ हो भन्ने । यो चलाखी सरकारले गर्दैन ।’ उहाँले वैदेशिक लगानीका स्टाटअप विजनेसका लागि सरकारले तोकेको लगानीको सिमा सही र यथार्थपरक रहेको दाबी गर्नुभयो । भुटान र माल्दिभ्सको उदाहरण दिदै उहाँले नेपालमा लगानी गर्न आउनेहरुले यहीबाट कमाएर प्लेन चढ्ने वातावरण श्रृजना गरेर नेपालले फाईदा लिन नसक्ने तर्फ उद्योगीहरुको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो ‘विदेशीहरुको स्टाटअप हामीले यहाँ गर्दिने हो र ? यहाँ आएर शैलुन पनि लगानी भनेर खोल्ने, चिया पसल पनि लगानी भनेर खोल्ने, पान पसल पनि लगानी भनेर खोल्ने, अनि ५ करोड नेपाली रुपैयाँ पनि लगानी गर्देन भने बञ्चरे डाँडा मात्रै पनि अर्को खोज्नुपर्ने किन ? हामीले खुद्रा चिया पसल खोल्नलाई इन्भेष्टर आउ भनेको होइन । भुटानले दिनको यति डलर खर्च नगर्नेलाई पस्न दिन्न भन्छ र पस्न दिदैन । पैसा भरेको एउटा कार्ड मात्र बोकेर आउ भन्छ माल्दिभ्सले । सबै कुरा यही पाईन्छ भन्छ उसले । ५ लाख डलर पनि इन्भेष्ट नगर्नेले के चाहीँ इन्भेष्ट गर्छ ? दारी काट्ने ? ५० हजार लिएर आएर फर्किने भाडा बोकेर आउँछ कि नलिईकन ? ५० हजार लिएर आयो अनि प्लेन भाडा पनि कमाएर लिएर जाने हो भने यसले देशलाई योगदान गर्छ र ? मैले धेरै बुझेको छैन । पशुपतिको टुरिस्ट जस्तै । पिठो पनि बोकेको हुन्छ । खुर्सानी पनि बोकेको हुन्छ । स्टोभ पनि बोकेको हुन्छ । मटितेल पनि ग्यालीन पनि बोकेको हुन्छ । पशुपतिको दर्शन गर्छ । अलिकति हाम्रो खर्च बढाउँछ जान्छ । हामीले खोजेको टुरिजम यो हो र ? यो त धर्मकर्म गर्ने र पुण्य कमाउने मान्छेको कुरा हो । खर्च गर्ने मान्छेको कुरा होइन । हामीले टुरिस्ट खोजेको हो । इन्भेष्टर खोजेको हो । जसले इन्भेष्ट गर्छ । ‘
प्रधानमन्त्री ओलीले कोभिड-१९ ले केही गम्भीर धक्का पुर्याएको भएपनि सरकार सबै क्षेत्रमा सम्हालिएर अघि बढीरहेको र सफलता पनि प्राप्त गरेको दाबी गर्नुभयो । व्यापार घाटालाई कम गर्नतर्फ सरकारले सफलता प्राप्त गरेको उहाँले बताउनुभयो । उहाँले आयात निर्यातको सन्तुलन मिलाउने तर्फका प्रयास सफलताउन्मुख भएको, मजदुर हड्तालको समस्या समाधान हुनुको साथै नेपालबाट हिंसा समाप्त भएकाले उद्योग विस्तारका लागि उपयुक्त वातावरण बनेकाले उद्योग व्यापारलाई शान्तिपुर्ण र भयरहीत वातावरणमा अघि बढाउन सकिने बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: