×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मासुको मूल्यमा रेकर्ड ब्रेक, किलोकै ४७० पुग्यो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कुखुराको मासुको मूल्यमा रेकर्ड ब्रेक भएको छ । पछिल्लो समय कुखुराको मासुको उत्पादनमा कमि आएपछि मूल्यमा रेकर्ड ब्रेक भएको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सोमबार प्रतिकिलो मासुको मूल्य  ४ सय ५० रुपैयाँ तोकेको थियो । 
तर व्यवसायीले भने किलोकै ४ सय ७० रुपैयाँसम्ममा बिक्री गरिरहेका थिए । जुन हालसम्मकै उच्च भाउ हो । संघले आइतबारसम्ममा प्रतिकिलो ४ सय १५ रुपैयाँ तोकेको थियो । त्यसपछि भने खुद्रामा व्यवसायीले ४ सय ५० रुपैयाँसम्ममा बिक्री गरिरहेको जनाइएको छ । मासुको मूल्य अझै बढ्न सक्ने बताइएको छ । 
अघिल्लो वर्ष १८/१९ लाख आएको प्यारेन्ट अहिले ९ लाख हाराहारीमा मात्रै आयात भएको छ । जसले गर्दा चल्ला उत्पादनमा कमी आएको पशु सेवा विभागको दाबी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: