- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभाबाट पारित गरिसकेको स्टक स्प्लिट सम्बन्धी निर्णय लागू नहुने भएको छ । सेयर मूल्यमा चलखेल गर्न खोजिएको निष्कर्ष निकाल्दै बीमा समितिले यस्तो निर्णय गरेको हो ।
गत माघ २८ गते वीरगञ्जमा आयोजना गरिएको नेपाल लाइफको २०औं वार्षिक साधारणसभाले स्टक स्प्लिट सम्बन्धी प्रस्ताव पारित गरेको थियो । कम्पनीले गरेको सो प्रस्ताव नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयबाटसमेत स्वीकृत हुनुपर्ने व्यवस्था छ ।
समितिले नै कम्पनीको सो एजेन्डा कार्यान्वयनमा अस्विकार गरेपछि सेयर खण्डीकरणका लागि कम्पनीको दोश्रो प्रयास पनि असफल हुने देखिएको छ ।