×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको हरियो अंकले गर्यो नयाँ वर्षको स्वागत, कारोबार रकम पनि उच्च !

PRIME CA
GLOBAL IME BANK

नेप्सेको हरियो अंकले गर्यो नयाँ वर्षको स्वागत, कारोबार रकम पनि उच्च !

२ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । २०७८ सालको पहिलो कारोबार अर्थात् बिहिबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबारको तुलनामा नेप्से २०.६७ अंकले बढेर २७३५.४६ बिन्दुमा पुगेको छ । नेप्सेले वर्षको पहिलो दिननै नयाँ रेकर्ड कायम गरेको हो । २०७७ सालको कारोबारको अन्तिम दिन पनि नयाँ रेकर्ड बनाएको नेप्सेले २०७८ सालको पहिलो दिन पनि नयाँ उचाई कायम गरेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१८  कम्पनीको १ करोड ९० लाख २० हजार ५२८ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६३ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एसिया लघुवित्तको भएको छ । यस कम्पनीको ४९ करोड ८९ लाखमाथिको कारोबार भएको छ ।
त्यसपछि कारोबार क्रमश: निफ्रा र एनआइसी एसिया बैंकको भएको छ । आज २ समूह बाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै बेस्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने मल्टिपर्पस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: