×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२ अंकले बढेको बजारमा ७ अर्ब १८ करोडमाथिको कारोबार, ८ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

PRIME CA

१२ अंकले बढेको बजारमा ७ अर्ब १८ करोडमाथिको कारोबार, ८ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

१९ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १२.८८ अंकले बढेर २६३१.८९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१८ कम्पनीको १ करोड ४२ लाख ६८ हजार ५९२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब १८ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अपर तामाकोशीको भएको छ ।
यस कम्पनीको २९ करोड ५६ हजारमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: हाइड्रोइलेक्टिसिटि इन्भेष्टमेन्टमेन्ट र अपि पावरको भएको छ । आज ४ समूह बाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै साञ्जेन जलविद्युतका लगानीकर्ताले कमाएका छन् भने हाइड्रोइलेक्टिसिटि इन्भेष्टमेन्टमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज साञ्जेन जलविद्युतसहितका ८ कम्पनीका लगानीकर्ता सर्वाधिक कमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: