
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक २५.७१ अंकले बढेर २६५७.६१ बिन्दुमा अर्थात् हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१२ कम्पनीको १ करोड ७३ लाख ७ हजार ३२८ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ७७ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार निफ्राको भएको छ ।
यस कम्पनीको ४६ करोड ८१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: अपर तामाकोशी र नेपाल पुनर्बिमा कम्पनीको भएको छ । आज ५ समूह बाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै वोमी लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने साल्ट ट्रेडिङका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज वोमी लघुवित्तसहितका ७ कम्पनीका लगानीकर्ता सर्वाधिक कमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्