Skip to content
LAXMI SUNRISE BANK

एनआईबीएल एस क्यापिटलले देवयानी इन्टरनेशनलका कर्मचारीहरुलाई सामूहिक लगानी कोष सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल म्युचुअल फण्डको कोष व्थवस्थापक र डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडद्वारा नेपालमा के.एफ.सी, पिजा हट र क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन संचालन गरिरहेको देवयानी इन्टरनेशनल नेपाल प्रा.लिका दरबारमार्ग, थापाथली (ब्लुबर्ड मल), लाबिम मल, ठिमि, बौद्ध, महाराजगंज र पोखरा शाखाका कर्मचारीहरुलाई सामूहिक लगानी कोष सम्बन्धी विशेष सचेतनामुलक कार्यक्रम र तालिम सचांलन गरेको छ ।
सामूहिक लगानी कोष नियमावली २०६७ को कार्यान्वयन पश्चात नेपालकै पहिलो खुलामुखी योजना तथा अन्य दुई बन्दमुखी योजना संचालन गरिरहेको यस क्यापिटलद्वारा सञ्चालित सो विशेष कार्यक्रममार्फत उक्त कम्पनिका कर्मचारीहरुले सामूहिक लगानी कोष सम्बन्धि विस्तृत जानकारी पाउनुका साथै पूंजी बजारसंग सम्बन्धित अन्य विषयको समेत जानकारी प्राप्त गरेका छन् । यसका साथै एनआईबिएल एस क्यापिटल लिमिटेडले आगामि दिनहरुमा पनि यस्ता जनचेतनामुलक कार्यक्रमका साथै विभिन्न तालिमहरु संचालन गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK