×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एनआइबीएल समृद्धि फन्ड–२’ को १२ करोड इकाई आजदेखि बिक्री खुला, कहिलेसम्म पाइन्छ भर्न ?

PRIME CA

‘एनआइबीएल समृद्धि फन्ड–२’ को १२ करोड इकाई आजदेखि बिक्री खुला, कहिलेसम्म पाइन्छ भर्न ?

१३ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइबीएल एस क्यापिटलको ‘एनआइबीएल समृद्धि फन्ड–२’ को १२ करोड इकाई आज सोमबारदेखि बिक्री खुला भएको छ । कम्पनीले १० लाख इकाई बीज पुँजी वापत कोष व्यवस्थापक एनआइबीएल एस क्यापिटल र २ करोड ३० लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई छुट्याइएको छ । बाँकी ९ करोड ६० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
एनआइबीएल एसलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘फन्ड म्यानेजमेन्ट क्वालिटि रेटिङ (एफएमक्वीआर) एएमसी ३ प्लस’ रेटिङ दिएको छ । प्रतिकित्ता १० रुपैयाँमा आवेदन दिन सकिनेछ छ भने आस्वाको माध्यमबाट इकाई भर्न सकिन्छ । एनआइबीएल समृद्धि फन्ड–२ मा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त समयमा सबै इकाई बिक्री नभएमा भने वैशाख २७ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यस फन्डको योजना व्यवस्थापक एन्आइबीएल एस क्यापिटल हो । यो फन्ड १० वर्ष अवधिको बन्दमुखी योजना हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: