- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक सेयर लिलालीमा बिक्री खुला भएको छ । बैंकले आरएमडीसी लघुवित्तको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले यो सेयरमा न्यूनतम ४३७ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । सो सेयरमा वैशाख २० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ भने खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् भने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बोलपत्र बुझाउन सकिनेछ ।