×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : मनोरञ्जन लिँदै आन्तरिक पर्यटक, बागलुङको लालीगुराँस चोकमा तरकारी बेच्दै एक किसान

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित आँधीमूल मन्दिर परिसरमा रहेको पानीको धारामा रमाउँदै गरेका आन्तरिक पर्यटकदेखि बागलुङको लालीगुराँस चोकमा तरकारी बेच्दै गरेका एक किसानसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित आँधीमूल मन्दिर परिसरमा रहेको पानीको धारामा रमाउँदै आन्तरिक पर्यटक । आँधीमूल पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको छ ।
बागलुङको लालीगुराँस चोकमा  किसानले बिक्रीका लागि ल्याएको हरियो प्याज प्रतिमुठा रु १५ मा  खरिद गर्दै उपभोक्ता ।
भानुनगरपालिका–५ नागनागेनी निवासी चन्द्रबहादुर भण्डारीले गर्नुभएको च्याउ खेती । उहाँले बगँुर,कुखुरा,मौरी लगायतका सबै किसिमका पशुपालन गरेर उदाहरणीय कृषकको रुपमा परिचित बन्नुभएको छ । 
धौलागिरी अस्पताल परिसर बागलुङमा रहेको बगैचामा श्रृङ्गार गरिँदै । सरकारी अस्पताल पछिल्लो समय व्यवस्थित बन्दै गएको छ । 
बेनीको सामुदायिक चोक र हाडेभिरमा स्थापना भएको  ट्राफिक प्रहरी पोष्टको शुक्रबार उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ । 
तनहुँको भानु नगरपालिका–५, नागनागेनीका चन्द्रबहादुर भण्डारीले पाल्नु भएको मौरीको घारबाट मह काढ्ने तयारी गरिँदै । उहाँले बङ्गुर, कुखुरा, मौरीलगायत पशुपालन गरेर उदाहरणीय कृषकको रुपमा परिचित  बन्नुभएको छ ।
व्यास नगरपालिका–१३, पोखरी भञ्ज्याङ निवासी दयानिधि नरालले नराल पशु तथा कृषि फर्म दर्ता गरी व्यावसायिक रुपमा पाल्नु भएको लोकल जातका कुखुरा ।  नरालले कुखुरा प्रतिकेजी रु ७०० देखि रु ८०० सम्ममा फर्मबाटै बिक्री गर्नुहुन्छ  ।
खोटाङको दिक्तेल बजारमा निर्माणाधीन डिभिजन वन कार्यालयको भवन । दस स्थानीय तह रहेको जिल्लामा डिभिजन कार्यालयसँगै छ वटा सव–डिभिजन कार्यालयमार्फत काम हुने गरेको छ । 
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलामा बिक्रीका लागि राखिएका बाँसका घरायसी सामग्री । बजारमा रबरका सामग्री आएपछि बाँसबाट बनेका घरायसी सामग्री विस्थापित हुँदै गएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: