×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : ग्राहकको पर्खाइमा कैलालीका खरभुजा व्यावसायी, सङ्घीयताले छुन नसकेको कर्णालीको इखेनी गाउँ

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले कैलाली धनगढीको क्याम्पस चोक नजिकै खरभुजा बिक्रीका लागि ग्राहकको पर्खाइमा बसेका व्यावसायीदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको पश्चिम बराहताल गाउँपालिका– ६ मा अवस्थित भूमिहीन दलितका वस्ती इखेनी गाउँ अर्थात सङ्घीयताले छुन नसकेको इखेनी गाउँसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
धनगढीको क्याम्पस चोक नजिकै शुक्रबार खरभुजा बिक्रीका लागि ग्राहकको पर्खाइमा बसेका व्यावसायी । गर्मीयाम बढेसँगै धनगढी बजारमा खरभुजा, काँक्रा, उखु जुसलगायतको खपत ह्वात्तै बढेको पाइन्छ । 
कर्णाली प्रदेशको राजधानी सुर्खेतको पश्चिम बराहताल गाउँपालिका– ६ मा अवस्थित भूमिहीन दलितका वस्ती इखेनी गाउँ । शिक्षा, स्वास्थ्य, खाद्य, खानेपानीलगायतका आधारभूत आवश्यकता परिपूर्ति हुन नसकेको उक्त वस्तीलाई सङ्घीयताले पनि छुन सकेको छैन ।
नार्पाभुमि गाउापालिकाबासी यातायातको असुविधाका कारण याक चौरीको प्रयोग गर्न बाध्य छन् । सडकको पहुच नभएको यस गाउँपालिकामा याक चौरीको प्रयोग खेत जोत्न,  भारी बोक्न दुधजन्य वस्तु प्रयोेगका साथै मासुका लागि समेत गरिन्छ । प्रति याकको  मूल्य रू १ लाख ५० हजार देखि रू दुई लाखसम्म पर्छ । 
दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरातालमा निर्माण भएको पक्की सडकको शुक्रबार अनुगमन गर्दै उपप्रमुख माया आचार्यसहितको टोली ।
पोखरा महानगरपालिका–१७ ड्यामसाइडबाट शनिबार देखिएको फेवातालमा माछापुच्छ्रेको छाँया । मौसम सफा भएपछि हिमश्रृङखला खुल्न थालेका छन् ।
सुनधारामा नवनिर्मित धरहरा । यही वैशाख ११ गते शनिबार औपचारिक रुपमा यसको उद्घाटन गर्ने कार्यक्रम छ । विसं। २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको छ 
दोर्दी गाउँपालिका–४ मा रहेको दाम्राङ पोखरी संरक्षणको अभावमा । यहाँ वरिपरि कुनै पानीको स्रोत नभएकाले जङ्गलमा रहेका सबै जनावरले  यसस्थलमा पानी खाने गर्दछन् । पोखरीसम्म पुग्न मोटर बाटो समेत पुगेको छ, यसको मर्मत तथा प्रचार प्रसार भएमा पर्यटक आकर्षित गर्न सकिन्छ ।
हाते झोला निर्माण गर्दै पाल्पा रामपुर नगरपालिका वडा नं ४ का महिला । वडा कार्यालयले तालिम प्रदान गरेपछि आयआर्जनका लागि महिला झोला बनाउने कार्यमा जुटेका हुन् ।
 म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमकोटबाट देखिएको बादलको घुम्टोभित्र धौलागिरि हिमाल ।  
दाङको लमही नगरपालिका–३ स्थित जखेरा तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । जखेरा तालमा दुई वटा डुङ्गाको व्यवस्था गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: