×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : पर्यटक लोभ्याउँदै बागलुङको झोलुङ्गे पुल, पाल्पाको सडकखण्ड मर्मत गर्दै मजदुर

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : पर्यटक लोभ्याउँदै बागलुङको झोलुङ्गे पुल, पाल्पाको सडकखण्ड मर्मत गर्दै मजदुर

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले पर्यटकलाई लोभ्याएको बागलुङको एक झोलुङ्गे पुलदेखि पाल्पाको सडकखण्ड मर्मत गरिरहेका मजदुरसम्मका  दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलमा मङ्गलबार साँझ देखिएको दृश्य । संसारकै लामो भनेर दावी गरिएको उक्त झोलुङ्गे पुल अहिले पर्यटकीय आकर्षणका रुपमा विकास भइरहेको छ ।
कालीगण्डकी करिडोरअन्र्तगत पाल्पाको निस्दी गाउँपालिका–१ स्थित डमरा सडकखण्डमा पक्की नाली तथा पर्खाल बनाइँदै । पछिल्लो समय यस सडकखण्डमा पक्की नाली निर्माणलाई तीव्रता दिइएको छ । 
रामनवमी पर्वका अवसरमा रामपुर नगरपालिका–५ स्थित रामघाटमा स्नान गर्न पुगेका भक्तजनलाई सखर राखेर बनाइएको सर्वत पानी खुवाइँदै । वैशाख महिनामा सर्वत पानी खुवाएमा पुण्य प्राप्ति  हुने धार्मिक विश्वास रहेको छ । 
लालझाडी गाउँपालिकाको शंकरपुरस्थित दोदा नदीमा  बुधवार जैविक तटबन्ध निर्माण गर्दै स्थानीय बासिन्दा । वर्षातका बेला जग्गा भूक्षय हुनबाट जोगाउनका लागि स्थानीय बासिन्दा दातृ निकायको सहयोगमा जैविक तटबन्ध निर्माणमा जुटेका छन् ।
यही वैशाख ११ गते प्रधानमन्त्रीद्वारा नवनिर्मित धरहराको उद्घाटन गर्ने भएपछि दिनरात कामदारहरु निर्माणमा जुट्दै छन् ।
धरहराको २१औँ तलाबाट देखिएको  वरिपरिको दृश्य  ।
माडीको अयोध्याधाममा निर्मित मन्दिरमा बुधबार राख्नका लागि ल्याइएका राम, सीता, लक्ष्मण र हनुमानको मूर्तीलाई देवघाटमा बिदाई गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल, गलेश्वर आश्रमका पिठाधीश महामण्डलेश्वर आत्मानन्द गिरिजी महाराज सहित स्थानीय बासिन्दा ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरस्थित कोतघरमा पूजाअर्चना गर्दै सर्वसाधारण । कोतघरमा प्रत्येक वर्षको चैतेदशैँमा विशेष पूजाअर्चना गर्ने प्रचलन रहँदै आएको छ । 
लमजुङस्थित जिल्ला अस्पताल परिसरमा बुधबार कोराना भाइरसविरुद्धको दोस्रो खोप लगाउँदै नेपाल बैंक लिमिटेड बेँसीशहरका प्रमुख किरण बराल । पहिलो चरणको खोप लगाइसकेका तीन हजार ९४२ जनालाई दोस्रो चरणको खोप लगाइएको हो  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: