×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बागलुङमा देखियो १०० वर्ष पुरानो खरले छाएको लोपन्मुख घुमाउने घर, तनहुँमा एक पुलको शिलान्यास

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : बागलुङमा देखियो १०० वर्ष पुरानो खरले छाएको लोपन्मुख घुमाउने घर, तनहुँमा एक पुलको शिलान्यास

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले बागलुङ नगरपालिका–६ लङ्गाउँस्थित करिब १०० वर्ष पुरानो खरले छाएको लोपन्मुख घुमाउने घरदेखि तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटार र व्यास नगरपालिका–३, देउरालीनगर जोड्ने सेतीनदी सडक पुल शिलान्यास गरिरहेका  गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
बागलुङ नगरपालिका–६ लङ्गाउँस्थित करिब १०० वर्ष पुरानो खरले छाएको लोपन्मुख घुमाउने घर ।
तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटार र व्यास नगरपालिका–३, देउरालीनगर जोड्ने सेतीनदी सडक पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । पुल रु ३२ करोड ४० लाख २७ हजार ३९४ को लागतमा  निर्माण हुन लागेको हो ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाद्वारा व्यवस्थापन गरेको जेसीबी । यस उपकरणबाट गाउँको समग्र विकास निर्माणमा सहयोग पुगेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा बहुउद्देश्यीय भवन बन्दै । उक्त विद्यालय तनहुँको नमूना विद्यालय हो । 
‘पूर्व नेपाली सैनिक सम्मेलन २०७७’को अवसरमा नुवाकोटमा रहेका शारीरिक अशक्तता भएका पूर्वसैनिक तथा हिताधिकारीलाई आइतबार ह्वील चियरसहित पाँच हजारको चेक प्रदान गर्दै जबरजङ्ग गणका गणपति (प्रमुख सेनानी) उदयबहादुर लामिछाने ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ राष्ट्रिय समाचार समिति ९रासस० को चरिकोटमा नवस्थापित सम्पर्क कार्यालयको अवलोकन गर्नेक्रममा सामूहिक तस्वीरमा । साथमा राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ तथा महाप्रबन्धक ओपेन्द्र शर्मालगायत । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: