
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कोरोना बढेपछि भारतबाट फर्किएका बैतडीका युवादेखि आगलागीबाट धोस्त भएको लमजुङको एक हार्डवेयर पसलसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
भारतमा मजदूरी गरी फर्केका नेपाली नागरिक बैतडीको गोठलापानी बजारमा जीपबाट ओर्लिंदैं । भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि नेपाली नागरिक स्वदेश फर्कन थालेका छन् ।

लमजुङ बेँसीशहर नगरपालिका–८ झाँक्रीचोकस्थित बेँसीशहर हार्डवेयर पसलमा गएराति आइतबार साढे १० बजे अचानक आगलागीले क्षति पु¥याएको पसल । सुरक्षाकर्मी र स्थानीय एवं दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि बेलैमा आगो नियन्त्रण हुन नसक्दा पसलका सबै सरसामान जलेर नष्ट हुँदा अनुमानित एक करोडको क्षति भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र चर्दै गरेका एकसिँगे गैंडाहरु । नेपालमा यो वर्ष ७५२ गैंडा रहेका छन् ।

ईँट्टाले बारेको, जस्ताले छाएको, कपिलवस्तुको शिवराज नगरपालिका–६ मा रहेको जनता ईँट्टा उद्योगमा काम गर्ने मजदूरहरु बस्ने बास, जिल्ला तथा विभिन्न ठाउँबाट ईँट्टा उद्योगमा काम गर्ने उद्देश्यले परिवारसहित यहाँ बस्न आउने गर्दछन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटस्थित भूमिराज मन्दिर क्षेत्रको वनमा आइतबार राति भएको आगलागी । आगलागीबाट वनक्षेत्र जलेर नष्ट भएको छ ।

म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारका बासिन्दालाई फोहर व्यवस्थापनका लागि डस्टबिन वितरण गर्नुहुँदै नगरप्रमुख हरिकुमार श्रेष्ठलगायत । बेनीमा घरबाटै कुहिने र नकुहिने फोहर छुट्टाएर सङ्कलन गर्नका लागि एक हजार घरधुरीलाई डस्टबिन वितरण गर्न लागिएको छ ।

नेपालतिरको तटबन्ध निर्माणमा असर पुग्ने गरी भारतीय पक्षले दार्चुलाको पारी एकतर्फी रुपमा पक्की तटबन्ध निर्माण गर्दै । नेपाली भूमिमा पर्ने सो क्षेत्रमा तटबन्ध निर्माण गरेर नेपालतिर खतरा हुने भएपछि अहिले सो क्षेत्रको दुवैतर्फको प्राविधिक टोलीले निरीक्षण गर्न थालेका छन् ।

नेपाल–भारतबीच पर्ने पर्साको सिमाक्षेत्रमा यात्रुवाहक सवारी साधनको आवत जावतमा स्थानीय प्रशासनले रोक लगाएपछि सोमबार त्यस क्षेत्रमा हिँडेका यात्रु । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धी भएपछि सिमापरीबाट यात्रुवाहक साधन आउन प्रशासनले आइतबारदेखि रोक लगाएको छ ।

व्यास नगरपालिका कार्यालयको २९औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै युवती ।

तनहुँको व्यास नगरपालिकाको आयोजनामा वडा नं ६ बाह्रबिसेमा शुरु भएको सिलाईकटाई तालीमको मेशिन चलाएर उद्घाटन गर्दै नगर उपप्रमुख मीरा जोशी । गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत् एकमहिने तालीम आयोजना गरिएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्