×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : पाल्पाको हिलाम्य सडकमा कष्टकर यात्रा गर्न बाध्य नागरिक, तनहुँका किसानलाई बाख्रा वितरण गरिँदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : पाल्पाको हिलाम्य सडकमा कष्टकर यात्रा गर्न बाध्य नागरिक, तनहुँका किसानलाई बाख्रा वितरण गरिँदै

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले ल्पाको रामपुर नगरपालिका–१ को सडकखण्ड हिलाम्य हुँदा कष्टकर यात्रा गर्दै नागरिकदेखि तनहुँको म्याग्दे गाउँपालिका–३ का किसानलाई शतप्रतिशत अनुदानमा बाख्रा वितरण गरिँदैसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पाल्पाको रामपुर नगरपालिका–१, कालीगण्डकी करिडोरअन्तर्गत हिलाम्य बनेको स्याउलीबजार साँखरर्दी सडक । उक्त सडकखण्ड हिलाम्य हुँदा नागरिकलाई आवत जावतमा समस्या भएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका–३ का किसानलाई शतप्रतिशत अनुदानमा बाख्रा वितरण गरिँदै । कृषकलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले बाख्रा वितरण गरेको हो  ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित वडा कार्यालयमा बिहीबार भूमिहीनको लगत सङ्कलन गरिँदै । गाउँपालिकाले ६ वटै कार्यालयबाट भूमिहीनको लगत सङ्कलन शुरु गरेको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुनःनिर्माण गर्नका लागि जीर्ण मन्दिर भत्काउन गरिएको क्षमापूजा ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुनःनिर्माण गर्न ठेक्का सम्झौता भएपछि पुराना मन्दिर भत्काउनका लागि क्षमापूजा गरिएको हो । 
म्याग्दीको बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत मङ्गला गाउँपालिका–२ रणवाङमा सडक छेउमा निर्माणाधीन पर्खालको अनुगमन गर्दै गण्डकी प्रदेश सभाअन्तर्गतको अर्थ तथा विकास समितिको टोली । समितिका सभापति दीपक कोइराला नेतृत्वको टोलीले म्याग्दीमा सञ्चालन गरेका पूर्वाधारसम्बन्धी विकास आयोजनाको अनुगमन शुरु गरेको छ ।
पाल्पाको निस्दी गाउँपालिका–१, डमरा नजिकै खेतमा खेत रोप्न  चैते धानको बीउ उखेल्दै किसान । 
तालीममा सहभागी विद्यार्थीले मकैको खोस्टाबाट बनाएका हस्तकलाका सामग्री । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन खोटाङको सहयोगमा साकेला माध्यमिक विद्यालयले सातदिने तालीमको आयोजना गरेको हो ।  
तनहुँको भीमाद नगरपालिका–४ तुरतुरेकी दुर्गामाया रानाले पाल्नुभएको कुखुरा । उहाँले विगत केही वर्षदेखि व्यावसायिकरुपमा स्थानीय जातका कुखुरापालन गर्नुभएको छ । 
सामूहिक तस्वीर खिचाउँदै मकैको खोस्टाबाट घरायसी तथा हस्तकलाका सामग्री बनाउने तालीममा सहभागी विद्यार्थी तथा प्रशिक्षक । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन खोटाङको सहयोगमा साकेला माध्यमिक विद्यालयले सातदिने तालीमको आयोजना गरेको हो ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–४ स्थित विपन्न एकल महिलालाई कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत चामल र ब्ल्याङ्केट वितरण गर्दै नगर उपप्रमुख निर्मला शाही ।  सिबिएम नेपालको सहयोगमा श्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगर र भुम्लु गाउँपालिकाका ४०० अतिविपन्न एकल महिला तथा सुत्केरीलाई पहिलो चरणमा चामल र ब्ल्याङ्केट वितरण गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: