×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ठूलाठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव छैन’ : यातायातमन्त्री नेम्बाङ

PRIME CA

‘ठूलाठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव छैन’ : यातायातमन्त्री नेम्बाङ

१२ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले मूलुकको समृद्धिका लागि ठूलाठूला भौतिक पूर्वाधार निर्माण गर्ने कार्यलाई तिब्रता दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शनिबार नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै मन्त्री नेम्बाङले ठूलाठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताउनुभएको हो ।
नेपाल सरकारले बोकेको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न, समृद्धि र विकास प्राप्तिका लागि इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको पनि बताउनुभयो । अहिले मूलुकमा नयाँनयाँ सुरुङमाग, रेलमार्ग, एयरपोर्ट, सिँचाई अयोजना निर्माण हुने चरणमा रहेकोले त्यस्ता पूर्वाधार निर्माणका लागि इन्जिनियरिङ क्षेत्रले आफूलाई विकाश गर्नुपर्ने पनि बताउनुभयो ।
मूलुकमा निर्माण हुने ठूलाठूला भौतिक पूर्वाधारको निर्माणलाई तिब्रता दिन र त्यसको निर्माणमा सफलता प्राप्त गर्न इन्जिनियरहरुबीना सम्भव नभएको पनि बताउनुभयो । हेनुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: