
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । घर जग्गाको कारोबारमा संलग्नलाई पनि लाइसेन्सको व्यवस्था गर्न माग गरिएको छ । नेपाल चेम्बर अफ कमर्शले सेयर ब्रोकरको जस्तै घर जग्गाको कारोबारमा संलग्नलाई पनि लाइसेन्सको व्यवस्था गर्न माग गरेको हो । चेम्बर अफ कमर्शका नव निर्वाचित पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघले स्वागत गर्न आयोजित कार्यक्रममा सो धारणा अघि सारिएको हो ।
अध्यक्ष राजेन्द्र मल्लले थाहै नपाई मूल्य वृद्धि हुने र विचौलियाबाट मूल्यवृद्धि भएको प्रसंग उल्लेख गर्दै घर जग्गाको कारोबारमा संलग्नलाई पनि लाइसेन्सको व्यवस्था बताए । स्वागत कार्यक्रममा परिसंघको तर्फबाट उपाध्यक्ष सुलभ अग्रवाल, राजेशकुमार अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो । यस्तै चेम्बरको तर्फबाट उपाध्यक्षहरु दीपककुमार मलहोत्रा, सुरेन्द्र कुमार श्रेष्ठ, दीपक श्रेष्ठ, त्रिभुवनधर तुलाधर र उर्मिला श्रेष्ठको उपस्थिति थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्