×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको नाफामा उल्लेख्य प्रगति, ३ करोड २६ लाख ३७ हजार रुपैयाँ कमाउन सफल !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले नाफा २३८.०३% ले बढाएर ३ करोड २६ लाख ३७ हजार रुपैयाँ कमाउन सफल भएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्ष कम्पनीले ९६ लाख ५५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
चैतसम्म कम्पनीले ६७ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै खुद ब्याज आम्दानी पनि ७९.२३% ले बढाएर १२ करोड १० लाख रुपैयाँ पुर्याएको छ कम्पनीले सञ्चालन नाफा पनि १ करोड ७ लाख रुपैयाँबाट बढाएर ५ करोड ६ लाख ११ हजार रुपैयाँ पुर्याएको छ । हाल कम्पनीको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ छ भने रिजर्भ कोषमा १० करोड ३८ लाख रुपैयाँ रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: