×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रु रु जलुविद्युतको ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ शुक्रबारदेखि आउने, १० कित्ता भरे पुग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रु रु जलुविद्युतको ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ शुक्रबारदेखि आउने, १० कित्ता भरे पुग्ने

Artha Sarokar

१९ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रु रु जलुविद्युत परियोजनाले भोलि शुक्रबारदेखि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर भोलि शुक्रबारदेखि ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ जारी गर्ने भएको हो । कम्पनीले कुल आईपीओमध्ये ८ हजार १५४ कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ भने ३ लाख ७९ हजार १६७ कित्ताका लागि छुट्याईएको छ ।
लगानीकर्ताले कम्पनीको यस आईपिओमा चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो समयसम्म बिक्री नभएमा वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । सो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी