×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रु रु जलुविद्युतको ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ शुक्रबार बाँडफाँड हुँदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

रु रु जलुविद्युतको ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ शुक्रबार बाँडफाँड हुँदै

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । रु रु जलुविद्युत परियोजनाको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यपिटलले नागपोखरीमा कम्पनीको आइपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने जनाएको छ । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन लगानीकर्ताले भाग्यमै भर पर्नुपर्नेछ । यसमा कुल २ अर्ब ३३ करोड ७७ लाख २२ हजार रुपैयाँ बराबरको १६ लाख ६९ हजार ५६६ जनाले २ करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा ६१.६५ गुणा बढी हो । 
त्यसैले ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ३७ हजार ९१६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १६ लाख ३१ हजार ६४९ जना भन्दा धेरै आइपीओ पाउनबाट वञ्चित हुनेछन् । रु रुले चैत २० गतेदेखि २४ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई बिक्री गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: